काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् ।
बुढानिलकण्ठस्थित देउवा निवासमा दिउँसो २ बजे बस्न लागेको बैठकमा क्रियाशील सदस्यताको विवाद समाधान गर्नेबारे छलफल हुनेछ ।
क्रियाशील छानविन समितिले सदस्यता छानविनका क्रममा देखा परेका समस्या सुल्झाउन मापदण्ड तयार गरेको छ । आजको पदाधिकारी बैठकले सो मापदण्डलाई अन्तिम रुप दिनेछ ।
कांग्रेस १४ औँ महाधिवेशनका लागि आठ लाखभन्दा बढी क्रियाशीलको विवरण सार्वजनिक भएको छ । त्यसमा उजुरीका लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्मको समय दिएको थियो । २५ भन्दा बढी जिल्लाबाट धेरै र विवादित उजुरी परेका छन् ।




