काठमाडौं । भक्तपुर कांग्रेसले चागुनारायण ४ का शानचरी मिजार र दीपक मिजारको परिवारलाई ५ हजार नगदसहित ग्यास चुलो, नुन,तेल,चामल, साबुन,चिउरा, मसला आलु, लत्ता कपडालगायतका सामाग्री सहयोग गरेको छ ।
नेपाली कांग्रेसका नेता एवं वागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भडेल,नेपाली कांग्रेस भक्तपुर १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्री, पूर्व वडाध्यक्ष नारायण थापा, नेपाल दलित संघ भक्तपुरका अध्यक्ष रामराजा मंरातीसहितका नेताहरुले मिजारलाई घरमै पुगेर नगद र जिन्सी सामाग्री सहयोग गरेका थिए ।
शनिबार बिहान ७ ः ४५ बजे खाना पकाउने ग्यास लिकेज भएर अगलागी हुँदा मिजारको घर जलेर पूर्ण रुपमा क्षति भएको थियो । आगलागीमा परेर मिजार परिवारको ३५ हजार नगद, दुई थानलमोबाईल सेट लत्ता कपडा, खाद्यन्न,ओड्ने ओछायाउने कपडा, भाडाकुडा लगायत सम्पूर्ण सामाग्री जलेर नष्ट भएको नेपाल रेडक्रस सोसाइटि चागुनारायणका सचिव दिवाकर पौडेलले जानकारी दिए ।

पार्टी सभापति दुर्लभ थापाको निर्देशनमा भक्तपुर कांग्रेसले विपत्तमा परेका नागरिकालाई नगद, खाद्यन्न लगायतका सामाग्री पीडितलाई उपलब्ध गराउदै आएको क्षेत्रीय सभापति जीवन खत्रीले बताए । भक्तपुर कांग्रेसको यो अभियान जारी रहने भएकाले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न खत्रीले पार्टीका नेता, कार्यकता र शुभचिन्तकलाई आग्रह गरे ।
नेपाली कांग्रेस भक्तपुर एकपछि अर्को मानवीय कार्यमा समर्पित बन्दै आएको छ । दुवै क्षेत्रका सभापतिको संयोजकत्वमा ‘आपतकालिन सहयोग कोष’ नै स्थापना गरेर अघि बढेको भक्तपुर कांग्रेसले विपत्तमा परेका नागरिकलाई नगद तथा जिन्सी सहयोग गर्दै आएको छ ।
विपत्तमा परेका नागरिकलाई सहयोग गर्न भक्तपुर कांग्रेसले नेपाली कांग्रेस केन्द्रीय विपद व्यवस्थापन समितिका संयोजक मोहन बस्नेतलाई ३ लाख ५१ हजार नगदसहित जिन्सी सामाग्री हस्तान्तरण गरेको छ । यसै गरी भक्तपुर कांग्रेसले हेलम्बुका बाढी पहिरो पीडितलाई प्रभावित क्षेत्रमै पुगेर खाद्यन्नलगायतको जिन्सी सामाग्री वितरण गरेको छ ।




