१,
गुम्सेको मन
रहर साँची राख्दा
सपना व्यर्थ भयो ।
झन्झट लाग्छ
कथा व्यथा आफैँको
जटिल बन्दै जिन्दगी ।
२,
हावाको वेग
उडेको चङ्गा सरी
थाकेर तल झर्दै ।
हलुङ्गो हुँदा
ढलपल गरेर
बजारियो भुइँमा ।
३,
घमण्डी मन
शत्रुता बढेपछि
असुरक्षित बन्दै ।
रिस साँधेर
भनाभन गर्दामा
झैझगडा निम्तेको ।
४,
हिमाली दृश्य
देखिएको सुन्दर
चम्केको ऐना बन्यो ।
प्रकृति देन
लोभी नजर खिँच्दा
स्वर्गतुल्य आनन्द ।
५,
चाकडी गर्दै
अन्धभक्त बमेर
विवेक नै बन्दकी ।
लाज पचेन
चाकडी गर्न खोज्दा
इज्जत नै गुमेको ।
६,
मेरो सपना
उडेको चरा बन्दै
चट्याङ बन्यो शत्रु ।
शिथिल मन
रुखमा ठोकिएर
भाँचिएको पखेटा ।




