१,
रात पर्यो कि
बिर्सन्छु तिमीलाई
घमिलो आँखा
सेतो लुगामा देख्दा
हिउँजत्तिकै कडा ।
२,
बिजुली चम्क्यो
लोग्नेमान्छे ठानेर
पछाडि फर्के
तिमी रुख चढेकी
ओछ्यानमा एक्लै म ।
३,
देख्दिन थिएँ
नदेखाएको भए
कसले चुस्यो
तिमी उडेकी थियौ
चिल पछि पछि नै ।
४,
सर्प बेरियो
तिम्रो पिडौँलाभरि
मुख नै बायो
किनारातिर लागेँ
तिमी बगेको देख्दा ।
५,
खोज्दै जाँदा त
थुप्रोहरुमा तिमी
चिन्नै सकिनँ
पछाडिबाट मात्र
लामो लामो कपाल ।
६,
कुर्नु नै थियोे
फर्केर आइहाल्यौ
कठालो तानेँ
पछारिएकी तिमी
चुहिँदै भाग्न खोज्दा ।




