काठमाडौं । नेपाली काँग्रेसका तीन नेता महामन्त्री शशांक कोइरालाको , उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइराला आज पनि सगै देखिएका छन् । आसन्न १४ औं महाधिवेशनमा नयाँ समीकरण बनाउने प्रयासको लागी सगै देखिएका हुन् । महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच छलफलमा जारी रहेको बुझिएको छ ।
यस अघि सोमबार पनि निधि, सिंह र कोइरालाबीच बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए । उता काँग्रेस सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा जुटेका छन् ।




