देश

पूर्वराजालाई गुहारेर प्रचण्डले आफूलाई अग्लो देखाउन खोजे : शंकर पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वराजालाई गुहारेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अग्लो देखाउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्डले अहिलेकी राष्ट्रपतिभन्दा राजाकै सान थियो भनेर अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको अहिले एमालेमा केपी ओली पक्षले आलोचना गरिरहेको छ ।

पोखरेलले राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी थियो त्यो प्रचण्डले पूरा गरेको भन्दै उनको आलोचना गरेका हुन् । प्रचण्डको त्यस्तो अभिव्यक्तिले राजनीतिलाई अराजनीतिक बनाउने पोखरेलको दाबी छ ।

‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाऊन पूर्वराजालाई गुहार्न बाँकी थियो, हिजोवाट त्यो पनि पूरा भएछ । राजनीतिलाई अराजनीतिक बनाउने खेल अब के बाँकी रहयो र ?’ पोखरेलले लेखेका छन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा केपी ओलीबाहेक अरुलाई देख्न र सुन्न नचाहेको, राष्ट्रपतिको पदीय मर्यादा कायम राख्न नसकेको, संविधान विपरीतका कदमलाई मान्यता दिएको भन्दै प्रचण्डले अहिलेको राष्ट्रपतिको कुनै सान र मर्यादा नरहेको आरोप लगाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *