बागमती प्रदेश

भक्तपुर कांग्रेस जुट्यो मानवीय कार्यमा, बाढी पहिरो प्रभावित क्षेत्र हेलम्बुमै पुगेर पीडितलाई राहत वितरण

काठमाडौं । नेपाली कांग्रेस भक्तपुरले हेलम्बुका बाढी पहिरो पीडितलाई राहत वितरण गरेको छ । हेलम्बुको बाढी पहिरो प्रभावित क्षेत्र किउल, तारामाराङ, चानौटे र दोरोगंवामा बिहीबार भक्तपुर कांग्रेसले साढे तीन लाखभन्दा बढिको खाद्यन्न वितरण गरेको हो ।


नेपाली कांग्रेस भक्तपुरले स्थापना गरेको आपत्तकालिन सहयोग कोषमा जम्मा भएको राहत सामाग्री भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाले हेलम्बुको बाढी प्रभावित क्षेत्रमा वितरण गर्न पार्टीका नेतालाई विहीबार विहान हस्तान्तरण गरेका थिए । सभापति थापाले हस्तान्तरण गरेको राहत सामाग्री लिएर नेपाली कांग्रेसका नेता एवं वागमति प्रदेश सभा संसदीय दलका उपनेता कृष्णलाल भडेल, भक्तपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्री , पार्टीका जिल्ला उपसभापति हरि नेपाल, सचिव निशन ढुंगले, जिल्ला सदस्य सुशील बस्नेत, गोकुल शर्मा, राजाराम खड्का, क्षेत्रीय सचिव जनक खत्री, तरुण दलका अध्यक्ष राजु थापा हेलम्बु पुगेका थिए । उनीहरु बिहीबार नै बाढी पहिरो प्रभावितलाई राहत वितरण गरेर भक्तपुर फर्केका छन ।

राहत सामाग्री लिएर हेलम्बु पुगेका कांग्रेस नेताहरुलाई स्थानीय जनताहरुले राहतभन्दा पनि बस्तीको पुननिर्माण, सडक निर्माण, विजुली बित्तिको उपलब्ध गराई दिन माग गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति जीवन खत्रीले बताए । बाढी पहिरो प्रभावित क्षेत्रमा सरकारले बस्ती पुननिर्माण, सडक पूर्वाधार निर्माण, बत्ति र शुद्ध खानेपानीको तत्काल व्यवस्था गर्न सभापति खत्रीले सरकारसँग माग गरेका छन । प्रभावित क्षेत्रमा पुगेका खत्रीले भने सरकारले पीडितहरुको पुनस्थापनाका लागि दीर्घकालिन सोचका साथ योजना अघि सारेर बस्ती लगायत आधारभूत पूर्वाधारको निर्माण गर्नु पर्छ ।


नेपाली कांग्रेस भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले असार २ गते क्षेत्र नम्बर १ का सभापति जीवन खत्री र क्षेत्र नम्बर २ का सभापति नारायणभक्त खायमली संयोजकत्वमा ‘आपतकालिन सहयोग कोष’ स्थापना गरेका थिए । कोष स्थापना गरेको एक साता नवित्दै ३ लाख ५१ हजार नगद र खाद्यन्न संकलन गरी नेपाली कांग्रेस केन्द्रीय विपद व्यवस्थापन समितिका केन्द्रीय संयोजक महोन बहादुर बस्नेतलाई पार्टी सभापति दुर्लव थापाले राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *