काठमाडौं । एमाले फुटेकै हो ? भन्ने प्रश्नलाई थप बल पुग्ने गरी निर्वाचन आयोगमा माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ता गराएका छन् । माधव समूहका युवा नेता जीवन राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) विधिवत रुपमा निर्वाचन आज आयोगमा विधिवतः दर्ता भएको छ ।
नयाँ बानेश्वर ठेगाना राखिएको उक्त पार्टीलाई ‘कलम’ चुनाव चिह्न दिइएको छ । सो पार्टी आयोगमा १६३ नम्बरमा दर्ता छ । राईले वैशाख ७ गते दल दर्ताको निवेदन दिएका थिए । निर्वाचन आयोगका अनुसार नेकपा (एकीकृत) को पदाधिकारीमा उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल छन् ।





