काठमाडौं । विकसित राजनीतिक घटनाक्रमसँगै पाँच राजनीतिक दलको विपक्षी गठबन्धन सक्रिय हुन थालेको छ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न ५ दलका नेताहरुबीच बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सुरु भएको छ ।
छलफलमा सहभागी हुने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेले निष्काशन गरेका नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव, जनमोर्चाका नेता दुर्गा पौडेल सहभागी छन् ।
काम चलाउ सरकारका मन्त्री परिषद विस्तार गर्ने निर्णय विरुद्ध निर्णय गर्दै सर्वोच्च अदालतले २० मन्त्रीलाई पदमुक्त गर्ने निर्णय आएको भोलिपल्ट विपक्षी गठबन्धनले छलफल गर्न लागेका हुन् ।
बैठकमा आजदेखि सर्वोच्च अदालतमा सुरु भएको प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाई तथा हिजो सर्वोच्चले गरेको निर्णयका विषयमा छलफल हुने एक नेताले बताए ।




