प्रविधि

बुधबार बिहान एकाएक नेपाल टेलिकमको मोबाइल सेवा किन रोकियो ?

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ ।

बुधबार बिहानैदेखि देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको थियो । तर, अहिले मर्मत गरेर समस्या समाधान भएसँगै सेवा सुरु भएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कोर नेटवर्कको एचएलआर प्रणालीमा समस्या आएको, तर अहिले समाधान भएको जानकारी दिए । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *