काठमाडौ । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको आकांक्षीहरुको लन्च वार्ता भएको छ । कांग्रेस उपसभापति बिमलेन्द्र निधिको पहलमा उम्मेदवारी बन्ने तयारी गरीरहेका तीन नेताहरूले निधिको निवास बानेश्वरमा महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमानबीच छलफल भएको हो । उनीहरु बीच आसन्न महाधिबेशमा नयाँ समिकरण बनाउने बिषयमा कुराकानी भएको बुझिएको छ । सभापतिका लागी शेरबहादुर देउवाले फेरी सभापतिमा लड्ने स्पष्ट्र संकेत गरेपछि निधिले सक्रियता बढाएका हुन् । गत शनिबारमात्रै पार्टी सभापति शेरबहादुर देउवा र निधिबीच उम्मेदवारीको बिषयलाई लिएर मनमुटाब बढेको थियो । देउवाले आफूनिकट केन्द्रीय पदाधिकारी र सदस्यहरुसँग गरेको प्रदेशस्तरीय छलफलका क्रममा सभापतिको उम्मेदवार आफैं हुने घोषणा गरेका थिए । निधिले उम्मेदवारी घोषणा गरेपछि कांग्रेसमा रहेका परम्परागत गुटहरू भत्कने र नयाँ समीकरण बन्ने सम्भावना बन्ने निधि पक्षका नेताको दाबी छ ।




