राजनीति

कठोर बन्दै माओवादी केन्द्र, चौध जनप्रतिनिधि पार्टीबाट ‘आउट’

काठमाडौं । पार्टी परित्याग गरेका १४ जना जनप्रतिनिधिलाई नेकपा (माओवादी केन्द्र) ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चितवन जानुअघि सोमबार बसेको आकस्मिक बैठकले अनुशासन उल्लंघन गरी एमाले छिरेका १४ जना जनप्रतिनिधिलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

ओखलढुंगाको चम्पादेवी–१ का वडाध्यक्षबाहेक सबै तराइका जिल्लाका छन् । कारबाहीमा पर्नेहरुमा २ नगरप्रमुख, १ जना अध्यक्ष, ५ जना उपप्रमुख र १ जना उपाध्यक्ष छन् । सबैभन्दा बढी रौतहटबाट ७ जना कारबाहीमा परेका छन् । यस्तै, कैलालीबाट ४ जना कारबाहीमा परेका छन् भने सिरहा, महोत्तरीबाट एक–एक जना कारबाहीमा परेका छन् ।

माओवादीे केन्द्रीय कमिटीको निर्णयको मान्युट निर्वाचन आयोगमा अद्यावधिकका लागि बुझाउने भएको छ ।

को–को परे कारबाहीमा ?
१. रिना कुमार साह, प्रमुख– मौलापुर नगरपालिका, रौतहट
२. सियाराम कुशवाह, प्रमुख– कटहरिया नगरपालिका, रौतहट
३. परनिया देवी, उपप्रमुख– देवाही गोनाही नगरपालिका, रौतहट
४. गौरीशंकर जयसवाल, उपप्रमुख– मौलापुर नगरपालिका, रौतहट
५. कान्ती देवी, उपप्रमुख– फतुवाविजयपुर नगरपालिका, रौतहट
६. सीमलाल साह, उपप्रमुख– माधव नारायण नगरपालिका, रौतहट
७. गीतादेवी शाह, उपप्रमुख– युमनामाई गाउँपालिका, रौतहट
८. समतीलाल दास ताती, सदस्य– लहान नगरपालिका सिरहा
९. शेष फारुक, अध्यक्ष– सम्सी गाउँपालिका, महोत्तरी
१०. छायाँ देवकोटा, उपप्रमुख– भजनी नगरपालिका, कैलाली
११. भागिरथी विष्ट, वडाध्यक्ष– गौरीगञ्ज नगरपालिका–४, कैलाली
१२. शर्मानन्द भट्ट, वडाध्यक्ष– गोदावरी नगरपालिका–१ कैलाली
१३. पुरन विसी, वडाध्यक्ष– बर्दगोरिया नगरपालिका–४, कैलाली
१४. सुरेश कुमार थापा, वडाध्यक्ष– चम्पादेवी गाउँपालिका–१ ओखलढुंगा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *