बर्खा लाग्यो गर्मी हुन्छ,उकुसमुकुस सम्झियो
फेरि जाडो आयो,उहि मङ्सिर पुस सम्झियो
सुख सम्पन्न हुँदा पनि छोरो निदाउन सकेन
सपनामा सरकारले खाएको घुस सम्झियो
परदेशमा खुन पसिना बगाएर के गर्नु आमा
जस् पाइदैन कहिल्यै,भाग्यको तुस सम्झियो
पानी सम्म पिउन मन छैन तर बाध्यता छ
जबर्जस्ती पानी पियो अनि जुस सम्झियो
बहुत दुख लाग्यो,पासो लगाएर मृत्यु रोजेछ
सायद उसले मृत्युलाई दिल खुस सम्झियो




