रिबन

‘पुर्नस्थापना भए अस्थिरता’

आजका पत्रपत्रिकामा फरक फरक विषयलाई स्थान दिइएको छ । देशैभार बाढी पहिरोले वितण्डा मच्चाएको खबरलाई सबै पत्रिकाले मुख्य स्थान दिएका छन् भने राजनितिक विषयलाई पनि उत्तिकै स्थान दिएका छन् ।

‘पुर्नस्थापना भए अस्थिरता’ शिर्षकमा नागरिक दैनिक लेख्छ, प्रतिनिधिसभा फेरि पुर्नस्थापना भएमा मुलुकमा थप अन्योल, अस्थिरता र राजनीतिक अराजकता बढ्ने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहितले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन्। दोस्रोपटक गरिएको विघटनविरुद्ध परेको रिट निवेदनमाथि सुनुवाइका क्रममा सर्वोच्चबाट माग भएबमोजिम बिहीबार पेस गरिएको लिखित जवाफमा बहुमतको सरकार बनाउन नसकेपछि संविधानबमोजिम नै प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरिएको छ। त्यस्तै कांग्रेस महाधिवेशन सरेको सर्‍यै शिर्षकमा अर्को समाचार छ । साढे तीन वर्षअघि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएपछि नेपाली कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवाको राजीनामा मागे। चार, आठ, सोह्र भाइसहितका विभिन्न गुट, उपगुट र समूहहरू दिनहुँजसो भेलामा जुटे। सभापति देउवामाथि केन्द्रीय समितिभित्र र बाहिरबाट दबाब दिन असन्तुष्ट पक्ष सक्रिय रह्यो।
निर्वाचनमा पार्टीको पराजयपछि देउवाले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने मात्र होइन, पार्टीको विशेष महाधिवेशनबाट उनलाई हटाउनुपर्ने धारणा पनि केही नेताले राखे। तर विशेष महाधिवेशनका लागि विधि र विधानसम्मत निर्णय प्रक्रिया अघि बढेन। निर्वाचन पराजयको राप सेलाउँदै जाँदा सभापति देउवाविरुद्धको आक्रोश पनि मत्थर हुँदै गयो। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने दाबी गर्ने युवा नेताहरूले पार्टीको अर्ली महाधिवेशनको मुद्दा बाहिर ल्याए। उक्त विषय कांग्रेसमा केही महिना चर्चामा रहे पनि साढे तीन वर्षमा कांग्रेसको विशेष वा अर्ली महाधिवेशन होइन, नियमित महाधिवेशनसमेत हुन सकेन।

बाढीपहिरोमा परी आठको मृत्यु, ८३ को उद्धार शिर्षकमा नेपाल समाचार पत्रले मुख्य खबर बनाएको छ । अविरल वर्षाका कारण देशकाविभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आठजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सिन्धुपाल्चोकमा चार, पाल्पामा एक, कास्कीमा एक, डोटीमा एक र सप्तरीमा एक जना रहेका छन् ।
पहिरो पिडित हेलम्बूबासीको पिडालाई गोरखापत्र दैनिकले छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *