राजनीति

ठाकुर समूहका ९ जना पार्टीबाट निष्कासन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले ठाकुर समूहका ९ जनालाई पार्टीबाट निष्कास गरेको छ । जसपाको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएमा ठाकुर समूहका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो ।

यादवका प्रेस संयोजक महेश चौरासियाका अनुसार बिहीबार बसेको उपेन्द्र–बाबुराम समूहको कार्यकारिणी समितिको बैठकले ओली सरकारमा गएका राजेन्द्र महतोसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको हो

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई कारवाही गर्ने प्रक्रिया थाल्ने निर्णय समेत बैठकले गरेको छ । निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको राजनीतिक प्रतिवाद गर्ने पनि निर्णय गरेको छ । जसअनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारीकता दावी गर्न निर्वाचन आयोगमा निवेदन दिइनेछ ।

बैठकमा अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेताहरु अशोक राई, राजेन्द्र श्रेष्ठलगायत उपस्थित थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *