काठमाडौं । भक्तपुर कांग्रेसले विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न ‘आपतकालिन सहयोग कोष’ स्थापना गरेको छ ।
भक्तपुर कांग्रेस सभापति दुर्लभ थापाको निर्देशनमा दुवै क्षेत्र क्षेत्रका क्षेत्रीय सभापतिहरुले आपत्कालिन सहयोग कोष स्थापनाका लागि अगुवाई लिएका हुन ।
केही अघिदेखि परेको अबिरल बर्षाको कारण सिन्धुपाल्चोकका साथै देशका विभिन्न ठाउँमा बाढी पहिरोले ठूलो धनजनको क्षति गरेको अवस्थालाई मध्यनजर गर्दै भक्तपुर कांग्रेस मानवीय कार्यमा जुटेको हो ।
‘आपतकालिन सहयोग कोष’मा सहयोग गर्न भक्तपुर क्षेत्र नम्बर १ का सभापति जीवन खत्री र क्षेत्र नम्बर २ का सभापति नारायणभक्त खायमलीले संयुक्त रुपमा अपील गरेका छन । उनीहरुले भनेका छन दुवै क्षेत्रीय समिति यो विपत्तिमा पर्नुभएका नेपाली दाजुभाई दिदिबहिनिलाई सहयोग गर्न ‘आपतकालिन सहयोग कोष’स्थापना गरि तत्काल सहयोग उपलब्ध गराउन लागिरहेकोले सहयोग गर्न चाहानुहुने पार्टीका साथिहरू नेपाल तरूण दल ,महिला संघ लगायत भातृ तथा शुभेच्छुक संघ एवं संम्पूर्ण सहयोगी मनहरूमा हार्दिक अपिल गर्दछौ।
सरकारको गैरजिम्मेवारीपन र सत्तालोलुपता कारण दोस्रो भेरियन्टको कोरोना भाइरसले महामारीको रुप लिदा रोग,भोक र शोकको पीडामा परेका नेपाली नागरिकमाथि फेरि अर्को बाढी पहिरोको प्राकृतिक बज्रपात पर्दा समेत सरकार राहत, उद्दार र पुर्नस्थापनमा गम्भीर नभएको आरोप क्षेत्रीय सभापति जीवन खत्रीले लगाए । उनले कोभिड -१९,बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिमपुर्ण समयमा सम्पूर्ण नागरिकलाई सजक र सुरक्षित रहन अनुरोध गरेका छन ।
भक्तपुर कांग्रेसले स्थापना गरेको राहत कोषमा खाद्यान्न,औषधि,लत्ताकपडा, नगदका साथै अन्य उपयोगी समाग्री सहयोग गर्न सकिने खत्रीले बताए । सहयो सामाग्री नेपाली कांग्रेसको पार्टीको कार्यालय ईटापाको मेथिबारी,निर्माण ब्यबसायी संघ भक्तपुरको कार्यालय संगै(जय नेपाल चोक)भक्तपुरमा वा क्षेत्रीय सभापति जीवन खत्री ९८५१०१८७५४ र नारायणभक्त खायमलीको ९८५११३१२४५ मा सम्पर्क गरी उपलब्ध गराउन सकिने उनले बताए । आपत्तकालिन सहयोग कोषमा सहयोग गर्ने सहयोगी मनहरूको नाम पार्टीको रेकडमा राखिने सभापति खत्रीेले बताए ।




