काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । बैठकमा माधव समूहसहितको उपस्थिति रहने भनिएको थियो । तर, आन्तरिक तयारी नपुगेको भन्दै बैठक स्थगित भएको छ ।
नेपाल पक्षलाई बैठकका लागि संस्थापन पक्षले बोलाइएको भनिएको थियो । तर उनीहरुले खबर नपाएको बताएका छन् । आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव समूहलाई समेत बैठकमा समावेश गर्ने तयारी गरेका थिए ।




