काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपदमा परेका जनतालाई तत्काल उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवस्यक राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन । सभापति देउवाले यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन दिएका छन ।
सभापति देउवाले आफ्नो आधिकारिक पेजमार्फत भनेका छन केही दिनदेखि परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न क्षेत्रमा बाढि, पहिरो र कटानले विकराल रुप लिएको छ । यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आआफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन निर्देशन गर्दछु ।
सरकारलाई तत्काल विपदमा परेका जनतालाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरुलाई आवस्यक राहत प्याकेज घोषणा गर्न माग गर्दछु।




