समाचार

उपत्यकामा एक साता थपियो निशेधाज्ञा, किराना र तरकारी पसल ११ वजेसम्म खोल्न पाइने {आदेशसहित}

काठमाडौं । काठमाडौं उपत्यकाका एक साता निशेधाज्ञा थपिएको छ । काठमाडौ, ललितपु र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने निर्णय गरेको हो ।
निशेधाज्ञाको अवधि थपिनुभन्दा एकदिन अघि बसेको बैठकले मोडालिटिमा केही परिवर्तन गरेर निशेधाज्ञा एक हप्ता थपेको छ ।

बैठकले हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी संचालन गर्न दिने निर्णय भएको छ भने किराना पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म खोल्दै आएकोमा विहान ११ बजेसम्म खोल्न पाइने भएको छ । यसैगरी तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल विहान ११ सम्म मात्र खोल्न दिइने भएकाे छ भने मास्क लगाएर हिँडडुल गर्न छुट दिइने भएको छ ।

उपत्यकामा वैशाख १६ गतेदेखि निरन्तर निषेधाज्ञा जारी छ ।

[pdfjs-viewer viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/06/jpg2pdf_7.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 search_term=”” ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *