काठमाडौं । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन ।
नेपालको संविधानको धारा १६८ को ५ बमोजिम गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन ।
मुख्यमन्त्री नेपालीलाई आजै सपथ खुवाउने तयारी छ । नवनियुक्त मुख्य मन्त्री नेपालीले नेपालीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था छ ।
२००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा प्रजातन्त्र सेनानी हुन् । उनी पञ्चायतकालदेखि सक्रिय राजनीतिमा छन् । आन्दोलनमा उनी ५–६ पटक जेल पनि परे । नेपालीले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन ।
कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेका उनी प्रदेश सभा सदस्यमा पूर्वी नवलपरासी १ (क) बाट एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतले पराजित गरी विजयी भएका थिए । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन् ।




