काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा विश्वासको मत लिन नसकेर पदमुक्त भएका नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दावी गरेका हुन् ।
प्रदेश प्रमुख सीता पौडेलले दिएको २४ घण्टाको समय सकिनु केही अगाडि गुरुङले राजमोका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनपत्र लिएर दावी गरेका हुन् । स्रोतका अनुसार जसपा गण्डकी प्रदेशले दुई सांसदलाई अनुशासन उल्लंघनमा कारवाही गरेको पत्र समेत पेश गरेको बताइएको छ ।




