हत्केलाले सूर्यको रापलाई छेलिन्छ कहाँ ?
पर्दा फिजाएर घामको किरण भेटिन्छ कहाँ ?
सुकुम्बासी हुन पनि आठा आना चाहिने रहेछ,
सरकार जग्गा नहुनेलाई प्रमाण दिन्छ कहाँ ?
तिमी भन्दा छिटो तिम्रा यादहरु आउँछन ,
मनमा चुकुल लगाएर यादहरु रोकिन्छ कहाँ ?
छिमेकीको रिसले घर जलाउनु भन्दा अघि,
सोच्नुपथ्र्यो, यसरी समाधान खोजिन्छ कहाँ ?
मेरो देशमा बाँदरहरुको ताण्डव चलिरहेछ,
महोदय,यस्तो रमिता लंकामा देखिन्छ कहाँ ?
✍️
बाल कुमार खत्री
संखुवासभा चैनपुर।




