कला/साहित्य

सेडोका कविता

१,
चट्टान जस्तै
बनेको इमान्दार
जिस्काउँछ स्वार्थले
अडिग बन्दै
सोझो बाटो अँगाल्दा
दु:खले पछ्याएको ।
२,
जिस्कने बानी
ख्यालठट्टा गरिँदा
आइलाग्यो आपत्ति ।
सोचेर गम्दा
चिप्लिएको आवाज
महँगो बन्दा दङ्ग ।
३,
चिन्ताले थिच्दा
एकोहोरिएको मन
बेहोसिमा गुज्रियो ।
ठन्डा दिमाग
स्वतन्त्र परिवेश
सुक्ज टिप्दै रमेको ।
४,
पुर्खाको देन
इतिहास खोतल्दा
अचम्मको कथन ।
माटोको स्पर्श
पहाडी थुम्केकोट
वीरताको उचाई ।
५,
अनौठो बन्दै
देखेको परिदृश्य
मस्तिष्कमा घुसेको ।
शुन्य आकाश
तोरीको फूल देख्दै
रिसले सीमा नाघ्दै ।
६,
प्रिय लाग्ने
जन्मेको मातृभूमि
हड्प्दै पराइले।
राम्रो देख्दामा
लोभको घेराबन्दी
स्वार्थ लुट्न खोजेको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *