राजनीति

सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री अनुपस्थित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आज बोलाएको सर्वदलीय बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी छैनन् । संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकमा पूर्वप्रधानमन्त्रीहरु, संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरु सहभागी छन् ।

समसामयिक विषयमा छलफल गर्नका लागि बैठकको आयोजन गरिएको बताइएको छ । प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *