रिबन

सभामुखद्वारा बोलाइएको सर्बदलीय बैठक आज बस्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्बदलीय बैठक आज बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा सभामुखले आज प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका हुन्

बैठक आज दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको छ। छलफलमा अन्य दलका नेता उपस्थित हुने पक्कापक्की भएपनि प्रधानमन्त्री ओली जाने नजाने अहिले निश्चित भइसकेको छैन।
प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त छलफलमा प्रधानमन्त्री सहभागी नहुने बिहीबारै बताएका थिए । यता, एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपाल भने बैठकमा सहभागी हुने भएका छन् । त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा पनि छलफलमा सहभागी हुने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *