राजनीति

सुदूरपश्चिममा एमालेका १७ सांसदलाई स्पष्टिकरण

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले १७ प्रदेशसभा सदस्यलाई स्पष्टिकरण सोधेको छ । स्पष्टिकरण सोधिएका सबैजना माधव समूहका हुन् । मंगलबार पार्टीको निर्देशन विपरित मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण सोधिएको छ । जेठ १० गते पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गरेकाले स्पष्टीकरण सोधिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *