रिबन

भदौमा पनि कांग्रेस महाधिवेशन कठिन !

आजका पत्रपत्रिकामा फरक फरक विषयले स्थान पाएका छन् ।
नागरिक दैनिकले यसरी सम्भव भयो प्रदेश २ मा सत्ता सहकार्य शिर्षकमा मुख्य खबर छापेको छ । ‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु आवश्यक छ।’ प्रदेश २ प्रदेशसभाको छैटौं बैठकमा जनता समाजवादी पार्टी ९जसपा० का उपनेता रामआशिष यादवद्वारा व्यक्त यो भनाइप्रति यहाँका सबै दलको सहमति छ। आर्थिक समृद्धि, समावेशिता, संघीयतालाई संस्थागत गर्नुपर्ने बेला राजनीतिक दलहरू अझै सत्ताकै खेलमा अल्झिनु दुःखद रहेको उनले बताए। यसकारण संघीयता र समावेशितामाथिको प्रहार उचित नभएको र यसको रक्षाका लागि सबैलाई एकजुट हुनुपर्ने धारणा उनले राखेका थिए।

त्यस्तै नागरिक दैनिकले कांग्रेसको महाधिबेशनबारे पनि मुख्य खबर बनाएको छ । भदौमा पनि कांग्रेस महाधिवेशन कठिन शिर्षकमा नागरिक लेख्छ, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन। महाधिवेशनका विषयमा आशंका बढ्दै गएपछि सभापति देउवाले बुधबार विज्ञप्ति नै जारी गरेर भदौमै महाधिवेशन गर्ने दोहोर्‍याएका छन्। ‘म देशभरिका पार्टीका सम्पूर्ण साथीहरूलाई स्पष्टताका साथ भन्न चाहन्छु९ २०७८ साल भदौ महिनामा पार्टीको महाधिवेशन हुन्छ। म यसमा पूर्ण प्रतिबद्ध छु,’ देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषयमात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने मैले राम्ररी बुझेको छु।’

संसद विघटन मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न टाइम कार्ड दिइएको खबरलाई राजधानी दैनिकले छापेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी ९ असारदेखि नियमित सुनुवाइ गर्नेगरी संसद् विघटनसम्बन्धी पक्ष र विपक्षमा परेका ३० रिटमा सर्वोच्चले ३२ घण्टा सुनुवाइ गरेर फैसला गर्नेगरी बुधबारको संवैधानिक इजलासले समय निर्धारण गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *