काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा असली कम्युनिस्टको कुरा गर्नु बरमझियाको असली बाजेको पेडा जस्तै हुने बताएका छन् ।
नेपालका कम्युनिस्ट पार्टीहरू सबै बदनाम भइसकेको र केपी ओलीले कम्युनिस्ट पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिस्ट’ को कुरा गर्नु बरमझियाको असली बाजेको पेडा हुन सक्ने उनको भनाइ छ ।
ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयाँ राजनीतिक ध्रुवीकरण गराउन सक्ने उनको निष्कर्ष छ ।
‘भनिन्छ कुनै पनि संकट नयॉ सम्भावना लिएर आउॅछ।ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयॉ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ। ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ। सबैले नयॉ ढंगले सोचौं,’ बाबुरामले ट्विटमार्फत भनेका छन् ।




