जनकपुर । प्रदेश सरकारले सांसदहरुलाई जानकारी नै नदिइ पालिकाहरूमा सशर्त अनुदानको पठाएको भन्दै प्रतिपक्षी दलका सांसदहरूले प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।
मंगलबार बैठक सुरु भएलगत्तै तीनै दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए । सभामुख सरोज यादवले बोल्न समय दिएपछि आफ्ना धारणा राख्दै एमाले सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारले गलत नियतले पालिकाहरूमा सशर्त अनुदानको रकम पठाएको आरोप लगाउनुभयो ।
सरकारको निर्णयविरुद्ध विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक ठाउँमा उभिएका छन् । एमाले संसदीय दलका नेता शत्रुधन महतोले मुख्यमन्त्री राउत आएर प्रदेशसभामा जवाफ नदिएसम्म बैठक चल्न नदिने बताउनुभयो ।
जेठ २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिनु हुने भएको छ । प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका गुरुङले जेठ २७ गते प्रदेशसभामा विश्वासको मत लिनु प्रदेशसभा सचिवालयलाई आज पत्रमार्फत जानकारी गराउनुभएको छ । संविधानअनुसार ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्दछ ।




