काठमाडौं । कोरोना भाइरसको उच्च चपेटामा परेको भारतमा पछिल्लो केही समययता दैनिक संक्रमितको संख्यामा निरन्तर ओरालो लागिरहेको छ । केही दिनयता संक्रमण घट्न थालेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । भारतमा ६३ दिनपछि एक लाखभन्दा कममा संक्रमण पुष्टि भएको हो । सोमबार भारतमा ६६ दिनयताकै कम संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा एक लाख ८२ हजारभन्दा बढी निको भएका छन् । भारतमा हालसम्म कुल दुई करोड ८९ लाख ९६ हजार ४७३ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमणमुक्त हुनेको संख्या २ करोड ७३ लाख ४१ हजारभन्दा बढी छ । पछिल्लो २४ घण्टामा भाइरसको संक्रमणका कारण २१ सय २३ जनाले ज्यान गुमाएका छन् । योसँगै भारतमा हालसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या तीनलाख ५१ हजार ३०९ पुगेको छ ।




