राजनीति

विपक्षी गठबन्धनको ध्यान प्रदेश सरकारमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले झन्डै एक घन्टा भेटवार्ता गरे । उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताएको छ। विशेषतः प्रदेश सरकारका बारेमा छलफल केन्द्रित भएको बुझिएको छ ।

शीर्ष नेताहरुबीच प्रदेश २ र गण्डकी प्रदेशमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको थियो । प्रदेशहरुमा पनि आफ्नो गठबन्धनको सरकार बनाउन विपक्षी दलहरुले गृहकार्य गर्दै आएका छन् । यसबारे प्रचण्डले बिहान नेता नेपाल र देउवासँग अलग–अलग भेटेका थिए । यसपछि बुढानीलकण्ठमा तीन नेताबीच सामूहिक भेटवार्ता भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *