आजका पत्रपत्रिकामा नेकपा एमालेकै वरपर रहेर मुख्य खबर छापिएका छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थामा लैजान तयार रहेको खबरालई सबै पत्रिकाले पहिलो पेजमा छापेका छन् । ओलीद्वारा एमाले एकताको आह्वान शिर्षकमा अन्नपूर्ण पोस्ट्ले खबर छापेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पार्टी एकताको आह्वान गरेका छन्। जसका लागि प्रधानमन्त्री ओलीले ६ बुँदे प्रस्ताव ९हेर्नुहोस् प्रधानमन्त्रीका प्रतिबद्धता० अघि सारेका छन्। अध्यक्ष ओली पार्टी संरचनालाई २०७५ साल जेठ २ को अवस्थामा फर्काउन तयार भएका छन्। नेताहरूबाट भएका गल्ती तथा कमीकमजोरीलाई लिएर कुनै कारबाही नगरिने प्रतिबद्धता ओलीले जनाएका छन्। कसैप्रति पूर्वाग्रह नराख्ने र भेदभाव नगरिने उनको प्रतिबद्धता छ। यो खबरलाई नागरिक दैनिकले ओली सर्सत पुरानो कमिटि ब्यूताउँन तयार शिर्षकमा छापेको छ ।
त्यस्तै प्रदेश २ का ४ मन्त्री बर्खास्त परेको खबरलाई पनि सबै पत्रिकाले स्थान दिएका छन् । जसपाका अध्यक्षहरु महन्थ ठाकुर र राजेन्द्र महतो सरकारमा सामेल भएपछि उनीहरु पक्षका चार मन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका हुन । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतवार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराउनुभएको छ ।
रिट फिर्ता नलिने शिर्षकमा अन्नपूर्ण पोस्ट्ले भित्रि पेजमा समाचार छापेको छ । नेकपा (एमाले) माधवकुमार नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने भएको छ ।२०७५ जेठ २ मा फर्किन पार्टी अध्यक्ष केपी शर्मा ओली तयार भए पनि माधव पक्ष रिट फिर्ता नलिने निष्कर्षमा पुगेको हो । माधव पक्षका २३ जना सांसदले प्रतिनिधिसभा पुनस्र्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।




