राजनीति

एमाले एकताका लागि नेपाल समूहको ६ बुँदे बटम लाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि ६ बुँदे सर्त तेस्र्याएको छ । नेपाल समूहको भर्चुयल केन्द्रीय कमिटी र त्यसपछि बसेको स्थायी समितिको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष ६ बुँदे माग अघि सारेको हो ।

केन्द्रीय सदस्यहरुको बैठकमा भएको छलफलको निचोड अनुसार ओलीसँग एकताका लागि आफ्नो बटमलाइन तयार पार्न लागिएको नेपाल समूहको स्थायी कमिटी बसेको हो । उक्त बैठकले एमाले एकताका लागि ओली समक्ष ६ बुँदे प्रस्ताव पारित गरेको हो । पहिलो सर्त पार्टीका सबै संरचनालाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने छ ।

यस्तो छ बटमलाइन
१. माधव–झलनाथसहित ११ जनको कारबाही फिर्ता
२. सबै कमिटी २०७५ जेठ २ फर्काउने
३. स्थायी कमिटीको बैठक त्यही दिन बोलाउने
४. तलका कमिटी मिलाउन कार्यदल बनाउने
५. नवौं महाधिवेशनको निर्णय बमोजिम अघि बढ्न तयार हुने
६. प्रतिनिधिसमा विघटन गलत हो भन्नु पर्ने

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *