राजनीति

कर्णाली सरकारमा कांग्रेसले यज्ञ बीसी र दिनबन्धु श्रेष्ठलाई पठाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसले मन्त्री बन्ने आफ्ना दुईजना सांसदको नाम टुंग्याएको छ । हिजो शुक्रबार साँझ कांग्रेस संसदीय दलको बसेको बैठकले सामाजिक विकासमन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकासमन्त्रीमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार बैठकले बीसी र श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नाम समेत सिफारिस गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *