राजनीति

पार्टीको निर्णय बिपरित उभिएपछि गण्डकी प्रदेशका जनमोर्चा सांसद थापाको सांसद पद गयो

काठमाडौ । गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापा संसद सदस्यबाट पदमुक्त भएका छन् ।

जनमोर्चाले सांसद थापा पार्टी सदस्य नरहेको जानकारी पत्र बिहीबार संसद सचिवालयमा दर्ता गरेको छ । उक्त पत्रसँगै थापा सांसदबाट निष्काशन प्रक्रिया अघि बढ्नेछ ।

संसद सचिवालयका अनुसार सांसद थापालाई संसदबाट निष्काशन गरेको सूचना बिहिबार नै प्रकाशन हुने छ।

यस अघि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार परिवर्तन गर्न जनमोर्चाले गरेको निर्णय सांसद थापाले मानेका थिएनन् । चालु बजेट अधिवेशनमा समेत सांसद थापाले काँग्रेस नेतृत्वको सरकार बनाउन आफूले सहयोग गर्न नसक्ने बताएका थिए ।
जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई समर्थन गर्ने तर सरकारमा नजाने निर्णय गरेको थियो। त्यस्तै यस अघिनै सांसद थापाले पार्टी निर्णय विपरित काँग्रेस नेतृत्वमा सरकार बनाउन हस्ताक्षर नगरेपछि उनलाई जनमोर्चाले पार्टी साधारण सदस्यबाट समेत हटाएको थियो। पटक पटक पार्टीको निर्णय नमानेपछि उनलाई सांसदबाट नै निष्कासन गरिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *