रिबन

ओलीको सर्त: जेठ २ मा फर्कन सर्वोच्चबाट रिट फिर्ता लिनुपर्ने

आजका पत्रपत्रिकामा फरक फरक विषयलाई सथान दिएर समाचार छापिएका छन् ।
नेपाल समाचार पत्रले जेठ २ मा फर्कन सर्वोच्चबाट रिट फिर्ता लिनुपर्ने ओलीको सर्त शिर्षकमा मुख्य खबर छापेको छ । नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक हुनुभएको छ । तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको नेपाल समूहका एक नेताले बताएका छन् ।
त्यस्तै उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको समाचारलाई पनि सबै पत्रिकाले छापेका छन् ।
नागरिक दैनिकले भर्खरै सकिएको बजेट भाषणले गिटि बालुवा निकासीमा खुकुलो गरेपछिको अवस्थाबारे व्याख्या गरेको छ । क्रसरका डन हौस्याउँदै सरकार शिर्षकमा लेखेको छ, २०७५ चैत १२ गते घरेलु तथा साना उद्योग कार्यालय धनुषाले गणेशमान चारनाथ नगरपालिका–८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय चितहा, लवटोलीको पूर्वपट्टि संकटमोचन क्रसर उद्योग सञ्चालन गर्न अनुमति दियो।नागेन्द्र साह र मञ्जुकुमारी साह सञ्चालक रहेको यस उद्योगको पश्चिमपट्टि विद्यालय र घना बस्ती छन्। क्रसर मेसिन चलेका बेला उद्योगको धुलोले बस्ती र विद्यालय परिसर कुइरीमण्डल हुन्छ।आवाजले बस्ती अनिँदो रहन बाध्य छ।
यही खबरलाई अन्नपूर्ण पोस्टले उत्खनन यसकारण ठीक छैन शिर्षकमा विश्लेषणात्मक समाचार छापेको छ । चुरे क्षेत्रबाट बालुवा, गिटी, ढुंगाको दोहन भएपछि तराईका ३७ जिल्लामा खानेपानीको मुहान सुक्दै गएको छ। इनार, चापाकल, पोखरी, नदी, दहहरूसबै पानीविहीन बन्दै गएको छ। बालुवा, गिटी, ढुंगा, माटोले चुरेक्षेत्र थिल्थििएको छ र भिरमा बाख्रा कुद्दा पनि सुख्खा पहिरो खस्छ।चुरेलाई संवेदनशील क्षेत्र भन्दै सरकारले २०७२ सालमा संरक्षित क्षेत्र घोषणा गर्‍यो।चुरेलाई जनजनले चुरीयामाई भन्दै पूजा गर्छन्।चुरे जनजनको आस्था, भरोसा र जीवन हो।
नागरिक दैनिकले कालो ढुसीबारे खबर छापेको छ । तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ? सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको छ । कोरोना संक्रमित या संक्रमण भइसकेको व्यक्तिमा देखिने कालो ढुसीका कारण कतिपयले आँखाको दृष्टिसमेत गुमेको चिकित्सकले औंल्याएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *