काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतद्वारा कोरोना संक्रमितलाई बोक्न दिइएको निजी गाडी एम्बुलेन्समा परिणत भएको छ । सो गाडी आज स्वास्थ्य सामग्रीसहित बाह्रबिसे पुगेको छ ।
कांग्रेस खेलकुद विभागका प्रमुखसमेत रहेका बस्नेतदे आफ्नो निजी सवारीसाधनलाई सिन्धुपाल्चोकभरिका कोरोना संक्रमितलाई बोक्न एम्बुलेन्स बनाएका हुन् । उनले उक्त गाडी फिर्ता नलिने भएका छन् । कोरोना कहरसम्म सो एम्बुलेन्सको सञ्चालन खर्च बस्नेतले नै बेहोर्ने भएका छन् ।
नेता बस्नेतले सिन्धुपाल्चोकमा अक्सिजनसहित सय बेडको कोभिड अस्पताल बनाइसकेका छन् । आज बाह्रबिसेमा लगिएको स्वास्थ्य सामग्री भोलि लिसंखुपाखरमा वितरण गरिने भएको छ ।





