आजका पत्रपत्रिकामा समसामायिक विषयमा समाचार छापिएका छन् । राजनितिक उतावचढावलाई सबै पत्रिकाले मुख्य स्थान दिएका छन् भने स्वास्थ्यसम्बन्धी समाचारलाई पनि उत्तिकै प्राथमिकताको साथ छापिएका छन् ।
नागरिक दैनिकले ‘ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार’ शिर्षकमा मुख्य खबर छ । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ।
अडान र नैतिकताले अब नयाँ इजलास शिर्षकमा अर्को समाचार छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुँदा प्रश्न उठाइएका न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलास नछोड्ने निर्णय गरेपछि नयाँ संवैधानिक इजलास गठन हुने भएको छ। केसी र श्रेष्ठको निर्णयसँगै न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले नैतिकताका आधारमा इजलासमा नबस्ने घोषणा गरेका छन्। संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशले इजलासमा नबस्ने घोषणा गरेपछि नयाँ इजलास गठन हुने अवस्था सिर्जना भएको हो।
अन्नपूर्ण पोस्ट्ले कोरोनामा मौका छोप्दै कालो ढुसी शिर्षकमा स्वास्थ्य सम्बन्धी मुख्य खबर छापेको छ । कोरोना भाइरस महामारीले त्राहीत्राही बनाइरहेका बेला अर्को रोगको संक्रमण देखिएको छ। फंगसले निम्त्याउने कालो ढुसी ९म्युकरमाइकोसिस०बाट कोरोना संक्रमितकै ज्यान जान थालेको छ। यसले बिरामीको आँखा, नाक र अनुहारमा गम्भीर असर गरिरहेको छ। कोरोना लागेका बिरामी निको हुने बेलातिर कालो ढुसीको संक्रमण हुने गरेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
राजधानी दैनिकले चिरा पर्दै जसपा शिर्षकमा पहिलो पेजमा खबर छापेको छ । ठाकुर ( महतो र त्रिपाठी नयाँ पार्टी गठनको खोजीमा रहेको समाचारको सार छ ।




