देश

जसपा विवाद : महन्थसहित चार नेता पार्टीबाट निकालिए

काठमाडौं । जसपा विवाद फुटतिर उन्मुख भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले आज राखेको कार्यकारिणी समिति बैठकले अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासनको घोषणा गरेको हो ।

जनता समाजवादी पार्टीका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले ठाकुरसहित चारै नेतालाई स्पष्टीकरण बुझाउन २४ घन्टाको समय दिएको थियो । तर, ४८ घन्टा बितिसक्दा पनि स्पष्टीकरण नआएपछि आज कारबाही गरिएको मोहम्मद इस्तियाक राइनले जानकारी दिए ।

ठाकुर र महतो पक्षले पनि उपेन्द्र यादवलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *