काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले आज स्थायी कमिटीको बैठक बोलाएका छन्। साँझ ५ बजे बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षका १२ जनालाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने बताइएको छ।
स्पष्टीकरण सोधिएका सांसदमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडाले जवाफ दिएका छैनन्।
यसअघि ओलीले माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ नेतालाई पार्टीको साधारण सदस्यबाटै निकालिसकेका छन् । प्रदेश प्रदेशमा एमालेमा किचलो देखिएकाले केही समयसम्म स्पष्टीकरण र कारबाहीको सिलसिला जारी रहने देखिएको छ ।




