रिबन

भियतनाममा हावाबाट छिट्टै फैलने नयाँ भेरियन्ट कति खतरनाक ?

काठमाडौं । संसारभर नै कोरोना भाइरसका तीन चारवटा भेरियन्टले अवस्था नाजुक बनाइरहेका बेला भियतनाममा देखिएको नयाँ भेरियन्टले सबैको ध्यान आकर्षित गरेको छ ।

भियतनामले कोरोनाभाइरसको नयाँ भेरिअन्ट हावाबाट छिट्टै फैलने भनेर पहिचान गरेपछि संसारको ध्यान तानेको हो । भियतनाममा देखिएको भेरियन्ट भारतीय तथा यूके भेरिअन्टको मिश्रित स्वरूपमा देखिएको जनाइएको छ ।

भियतनामका स्वास्थ्यमन्त्री गुयन थान्ह लंगले पछिल्लो उत्परिवर्तनलाई शनिवार व्याख्या गर्दै त्यसलाई ‘निकै खतरनाक’ भएको बताएको रोयटर्सले उल्लेख गरेको छ ।

‘भियतनामले अहिले नै रहेका सुरुमा भारत र यूकेमा देखिएका भेरिअन्टको मिश्रित गुणहरू सहितको नयाँ कोभिड १९ को भेरिअन्ट देखेको छ,’ समाचारमा जनाइएको छ । उनले नयाँ ठिमाहा भेरिअन्ट यसअघिका संस्करणमा देखापरेकाभन्दा निकै सङ्क्रामक रहेको र त्यो खासगरी हावामार्फत फैलने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *