काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले सरकारले बजेटमार्फत् फेरि जनता झुक्याउने काम गरेको बताएका छन् । उनले सरकारको आजको बजेट भााषणप्रति लक्षित गर्दै भनेका छन् तर सरकारका यी गफबाट जनता अब झुक्किने छैनन् ।
अर्थमन्त्री विष्णु पौडेलको बजेट भाषण जारी रहेका बेला डा महतले फेसबुक मार्फत् सो प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्, ‘संसद छ्लेर गैरसंबैधानिक ढंगले सत्तामा निरन्तरता पाएको ओलि सरकारल्रे रिसाएका जनताहरूलाइ बजेट मार्फत सबै गर्छु भनेर फेरि एकपटक झुक्याउने प्रयास गरेको छ तर अब भने जनता कदापि झुकिन्नन ।’




