कला/साहित्य

बुसोकुसेकिका कविता

१,
मान्छेको मन
लोभले थिचेपछि
र्‍याल काटिन्छ
नैतिकता बन्धकी
झुटखेती मैलायो
सत्यता ओझेलोमा ।

२,
सुखसयल
समय कोल्टो पर्दा
संसार आफ्नै
आनन्दले उन्मक्त
आपत आइलाग्दा
दु:खले तर्साएको ।

३,
विषादी खाना
रोगको खानीभित्र
निस्स्सासिएको
सास फेर्न गाह्रो भो
पीडैपीडा सहँदै
जाकिएर बाँचेलो ।

४,
भूकम्प धक्का
भाग्ने काम मच्चियो
सपना लुक्यो
ढलेको घरहरु
चेपिँदै रुवाबास
लासैलास थुप्रियो ।

५,
झमक्क साँझ
चिसोले सताउँदा
न्यानो खोजेको
चिसो ओछ्यानभित्र
एउट डल्लो परी
दाह्रा किड्दै तात्तेको ।

६,
निम्त्यो अन्याय
हुण्डरि आधिबेरी
अडिन गाह्रो
फ्याँलिएला भनेर
बाँधेर मनलाई
डटेर मुकाबिला ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *