कला/साहित्य

तन्का कविता

१,
बूढी भइछाै
तिमीलाई देख्नेले
भनेको सधैँ
आँखाभरिकाे इच्छा
उम्लिरहेको देखेँ ।

२,
बुढ्यौली स्तन
झोल्लिएको अवस्था
टाँसियो हात
तिमीसँग रहँदा
कस्तो तातो बतास ।

३,
धमिलो घन्टी
तिमी आउने आशा
हावामै उड्यो
हेर्दा हेर्दै सेलायो
जाँगर कता कता ।

४,
अघिल्लो रात
जिस्किएर च्यापिँदा
तिमीले बिर्स्यौ
गालाका नीला डाम
देख्नेले छामिहाले ।

५,
बैँस फाटेछ
ओइलाएको इच्छा
तिमी भित्रको
झस्किएर उठेछ
चिसो स्पर्श पाएर ।

६,
जस्ताको तस्तै
तातो चोसो भनेन
उस्तै तिमी त
न अघाउने मन
उडिरह्यो एक्लै नै ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *