समाचार

मोरङमा एकैदिन कोरोनाबाट १० जनाको मृत्यु


मोरङ । जिल्लामा कोरोना सङ्क्रमबाट आज एकैदिन १० जनाको निधन भएको छ । विभिन्न चार अस्पतालमा छ पुरुष सहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।    


 मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल वुढीगंगामा दुई जना रहेका छन् ।    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *