काठमाडौँ । एमाले नेता गोकर्ण विष्टले अझै पनि एमालेमा एकता कायम गर्न सकिने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले २०७५ जेठ २ मा फर्किए अझै पनि एमाले एकता जोगिने सुझाव दिएका हुन् ।
विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म पनि इमान्दार प्रयत्न गर्ने उल्लेख गरेका छन्। पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत् अवस्थामा फर्काएर मात्रै एकता जोगिने उनको भनाइ छ ।
विष्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनी सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर गरेका थिएनन् । तर, बुधबार माधव नेपाल पक्षले निकालेको १५ स्थायी कमिटीका सदस्यको संयुक्त बक्तव्यमा विष्टले पनि हस्ताक्षर गरेका थिए ।




