समाचार

सहमहामन्त्री डा.महतद्वारा नुवाकोटको खरानीटार अस्पताललाई बेड हस्तान्तरण

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले नुवाकोटको खरानीटार अस्पताललाई ६ थान अस्पताल बेड हस्तान्तरण गरेका छन । बुधबार डा. महतले तादी गाउँपालिकाका अध्यक्ष एवं खरानीटार अस्पतालका अध्यक्ष नारायण पाण्डेमार्फत अस्पताल बेड हस्तान्तरण गरेका हुन ।

बेड हस्तान्तरण कार्यक्रममा डा.महतले देशमा कोभिडको महमारी भयाभह भएका बेला सरकार सत्ता केन्द्रित रम्दा जनता अत्यन्त अफ्ट्यारोमा परेको बताए । जनताले बेड, अक्सीजन, आइसीयु, भेन्टिलेटर नपाएर अकालमा ज्यान गुमाइरहदा सरकार सत्ताको फोहोरी खेलमा मस्त रहेको डा. महतको आरोप थियो । नेपाली कांग्रेस पार्टीले क्षमताले भ्याएसम्म महामारीमा परेका जनतालाई सहयोग रिरहेको डा. महतले बताए ।

कोभिड महामारीमा निकै सक्रियता देखाउदै आएका डा. महतले यस अघि महेन्द्रनारायण निधि अस्पताललाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।

अस्पताल बेड हस्तान्तरण कार्यक्रममा महिला नेतृ बिना महत, नुवाकोट क्षेत्र नम्बर १ प्रदेशसभा ख का अध्यक्ष अर्जुन न्यौपाने लगायतका नेता कार्यकर्ताकाे उपस्थिति थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *