काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले यादवलाई मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् । जसपाका अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत कार्य गर्दै हिँडेको भन्दै यादवलाई अनुशासनको कारबाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधेका हुन् ।
ठाकुरले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा किन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै हस्ताक्षर गरेको भन्नेलगायत विषयमा यादवबाट ठाकुरले जवाफ माग गरेका छन्।
‘तपाईंले जेठ ६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६ ९५० अनुसार प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीलाई समर्थन गर्नु पर्नेमा त्यसको विपरीत विपक्षी गठवन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति जेठ ८ गते किन र कुन कारणले हस्ताक्षर गर्नु भयोरु,’ स्पष्टीकरण सोधिएको पत्रको ६ नम्बर बुँदामा यो प्रश्न छ।
यस्तो छ स्पष्टीकरणका ७ बुँदा
१। पार्टी एकता भएदेखि नै समायोजनमा रुची नलिई विभिन्न जिल्लाहरुमा पार्टी एकता विरोधी गुटगत रुपमा बैठक,प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधिहरु किन सञ्चालन गर्नुभयो रु
२।मेरो जानकारी वेगर अनधिकृत रुपमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठक बसी लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई किन निष्काशन गर्नुभयो रु
३।तपाईंले मिति २०७८–०२–०७ गते पार्टीद्वारा जारी गरिएको सर्कुलर बमोजिम कोभिड १९ को महामारीको बढ्दो संक्रमणले २०७८–०२–०८ र ९ गते निर्धारण गरिएको बैठक स्थगित गरिएकोमा कुन कारण र मनसायका साथ केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाई एकल अध्यक्षता गरी पार्टी हित विपरित निर्णयहरु गर्नुभयो रु
४।पछिल्लो समयमा मैले रोक्दा रोक्दै अनधिकृत रुपमा एकल अध्यक्षतामा निरन्तर पार्टीको केन्द्रीय कार्यकारिणी समितिको तथाकथित बैठकहरू बसी पार्टी हित विपरित विभिन्न खाले निर्णयहरु किन गर्नुभयो रु
५।विगतका दिनहरुमा पार्टी र पार्टी सम्बद्ध मोर्चा तथा संगठनद्वारा गरिएको संघर्ष र आन्दोलनको क्रममा आन्दोलनकारी साथीहरु माथि लगाइएका झुठा मुद्दा फिर्ता, बन्दी रिहाइ, उत्पीडित जातजाति र समुदायहरुको समानुपातिक समावेशी प्रतिनिधित्व,समानता, पहिचान र अधिकार प्राप्तिको निम्ति अपूर्ण रहेको संविधान संशोधन, नागरिकता सम्बन्धी समस्याको समाधान गर्ने उद्धेश्यले गठित कार्यदलका सदस्यहरु श्री लक्ष्मणलाल कर्ण र श्री सर्वेन्द्रनाथ शुक्लले माग मुद्दा समाधान गराउने सवालमा जनभावना अनुरुप सकारात्मक कामहरु गरिरहेको अवस्थामा तपाईंलाई किन ठेस पुग्यो र के कारणले अनुशासनको कार्वाही प्रक्रिया अगाडि बढाउनुभयो रु
६।तपाईंले मिति २०७८ जेठ ६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६ ९५० अनुसार प्रतिनिधिसभा सदस्य श्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धनका उम्मेदवार श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा मिति २०७८ जेठ ७ गते किन र कुन कारणले हस्ताक्षर गर्नुभयो रु
७।तपाईंले सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठन बन्धनको रिटमा किन हस्ताक्षर गर्नुभयो रु




