राजनीति

रणनीति बनाएर टुंगियो विपक्षी गठबन्धनको छलफल

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरुको छलफल सिंहदरबारमा सकिएको छ । आजको बैठकमा कानुनविद्हरु समेत उपस्थित थियो । रिट दायरपछिको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे बैठकमा छलफल भएको बुझिएको छ ।

प्रतिनिधिसभा विघटनको विपक्ष र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सदस्यको दावीसहित सोमबार रिट दायर गरेका विपक्षी गठबन्धनका शीर्ष नेता दोस्रो दिन पनि छलफलमा जुटेका हुन् ।

रिटमाथिको सुनुवाइमा अदालतमा कसरी प्रस्तुत हुनेबारे छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए । ‘सम्भवतः भोलि या पर्सिदेखि मुद्दामाथि सुनुवाइ प्रारम्भ होला,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *