राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयविरुद्ध देशैभर प्रदर्शन गर्न तरुण दलको निर्देशन

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीको निर्णयविरुद्ध देशैभर प्रदर्शन गर्न तरुण दलले निर्देशन दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा कांग्रेस भ्रातृसंगठन तरूण दलले देशैभर प्रदर्शन गर्न निर्देशन दिएको हो ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार कोरोना महामारी भएकाले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड अपनाएर प्रदर्शन गर्न ७७ वटै जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी ओलीले षड्यन्त्रपूर्वक प्रतिनिधिसभा विघटन गरेकोले महामारीका बीच पनि प्रदर्शन गर्न आफूहरू बाध्य भएको बस्नेतको भनाइ छ।

तरूण दलले वाइसीएल, युवा संघ, समाजवादी युवा संघ, विवेकशील साझा युवा संगठनलगायतसँग सहकार्य गर्दै देशैभर प्रदर्शन गर्न लागेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *